अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २ बैशाख । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २२ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ३६ हजार ८ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५० रुपैयाँले घटेर प्रतितोला १७ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।