समाचार

एसीसी प्रिमियर कपमा नेपालले आज हङकङविरुद्ध खेल्ने



काठमाडौँ, ३ बैशाख । एसीसी प्रिमियर कपमा नेपाल आज तेस्रो खेल खेल्दै छ । नेपालले आज हङकङविरुद्ध खेल्न लागेको हो । खेल बिहान ११ : ४५ बजे सुरु हुनेछ । 

नेपालले यसअघि लगातार दुई खेलमा जित निकालेको छ । शनिबार कतारविरुद्ध ३२ रनको जित निकालेको नेपालले त्यसअघिको खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो । 

आजको खेल जितेमा नेपालले सेमिफाइनलको यात्रा तय गर्नेछ । नेपाल समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतार छन् । नेपाल चार अंकका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ ।