काठमाडौँ, ३ बैशाख । लुम्बिनी प्रदेशसभाका सभापति चयनका लागि निर्वाचनको मिति घोषणा गरिएको छ । सोमबार प्रदेशसभाले एक सूचना जारी गर्दै वैशाख ५ गतेका लागि निर्वाचन मिति घोाषणा गरेको हो ।
सूचनामा प्रदेशसभाका विभिन्न ७ वटा सभापतिको चयन गरिने उल्लेख छ । लुम्बिनी प्रदेशमा १७ महिनादेखि संसदीय समितिका सभापति चयन गर्न सकिएको छैन । दलहरूबिच भागबन्डा मिलेलगत्तै निर्वाचन मिति तोकेको हो । जारी सूचनामा ५ गते बिहान मनोनयन दर्ता हुने जनाइएको छ भने सोही दिन निर्वाचन हुने जनाइएको छ ।











प्रतिक्रिया दिनुहोस्