सल्यान, ५ बैशाख । सल्यानमा बस दुर्घटना भएको छ ।
प्रहरी कार्यालय सल्यानका अनुसार दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गरेको १ ख २०८५ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका–२, ठिनबाङ खोला पुलमा केहिबेर अघि दुर्घटना भएको हो । बस पल्टिएर सडकभन्दा तल खसेको छ ।
अहिले नेपाल प्रहरी र स्थानिय घटनास्थलमा पुगेर उद्धारको काम भैरहेको र क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्