समाचार

दाङमा आगलागीमा परी एकको मृत्यु



दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७ वर्षीय वीरबहादुर बोटे छन् । आगलागीमा भएको समयमा घरभित्र कागजात लिन जाँदा उनी जल्न पुगेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए । मृतक बोटेको गोठबाट सुरु भएको आगलागी उनको घर हुँदै अन्य दुई घर पनि जलेर नष्ट भएका छन् ।

लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा आगो बिहीबार राति नै राती नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।