समाचार

बागलुङमा रुखबाट खसेर एकजनाको मृत्यु



बागलुङ, ७ वैशाख । बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ ।

निसीखोला गाउँपालिका–४, खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज मृत्यु भएको हो । बिहान ८ बजे बाख्रालाई घाँस काट्नका लागि घर नजिकैको जंगलमा गएका सुनारको रुखबाट सिँचाइ नहरमा खस्दा गम्भीर घाइते भएका थिए । घाइते सुनारलाई आफन्त र छिमेकीले उद्धार गरी बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै मुत्यु भएको हो ।