समाचार

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु



काठमाडौँ, २० वैशाख । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना२२प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–४ का सुमन गदालको घरमा ठोक्किएर दुर्घटना हुदा सोही नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको मृत्यु भएको हो । 

उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।