समाचार

लागु औषधसहित एक जना पक्राउ



काठमाडौँ, ८ बैशाख । काठमाडौँ महानगरपालिका-३ नारायण गोपाल चोकबाट  नियन्त्रित लागु औषधसहित एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार दोलखा मेलुङ गाउँपालिका-४ घर भई काठमाडौँ बौद्ध जोरपाटी बस्ने ३१ वर्षीय सरोज श्रेष्ठलाई आज दिउँसो पक्राउ गरेको हो । 

प्रहरीले बा.२२ प ५२४८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त लागु औषधसहित पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले प्रोमेथाजाइन ३७ एम्पुल, डाइजेपाम ३४ एम्पुल र बुप्रेनोर्फिन ३३ एम्पुल बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।