अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ११ वैशाख । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २७ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ३५ हजार ५ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।