समाचार

ब्राउन सुगरसहित एक जना पक्राउ



काठमाडौँ, ११ वैशाख । झापाबाट लागु औषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई प्रहरीले पक्राउ गरेका छ ।

जिल्ला प्रहरी कार्यलय झापाका अनुसार भारततर्फबाट पैदल आउँदै गर्दा मेचीनगर नगरपालिका वडा नंं ६ स्थित मेचीपुलमा जाँचका क्रममा उनलाई पक्राउ गरिएको हो । 

धादिङ जिल्ला खन्याबास गाउँपालिका–५ बस्ने तामाङको साथबाट ४३.१५ ग्राम ब्राउनसुगर फेला परेको हो । 

यस सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।