समाचार

ट्रयाक्टरले किचेर एक जनाको मृत्यु



काठमाडौँ, १३ वैशाख । मकवानपुरको कैलाश गाउँपालिका–१० सादिखोरियास्थित भित्री सडकखण्डमा ट्रयाक्टरले किचेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गए राति कैलाश–१० पुरानोगाउँका ३५ वर्षीय प्रदीप वाइबाको मृत्यु भएको हो । 

भलटारबाट पुरानो गाउँतर्फ बिजुलीको पोल बोकी जाँदै गरेको बागमती प्रदेश०३–००१त ०४१९ नम्बरको ट्रयाक्टरको पछाडि टेलरमा सवार प्रदीपको सोही ट्रयाक्टरबाट लडेर पछाडिको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको हो ।

 उनका अनुसार मृतक प्रदीपको शव कानुनी प्रक्रियापश्चात परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको छ ।