समाचार

फरार प्रतिवादी पक्राउ



काठमाडौँ, १३ वैशाख । कैलालीबाट १० वर्ष कैद सजाय तोकिएका एकजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्कीचुहा नगरपालिका–३ घर भएका ५४ वर्षीय लालमनि तिमिल्सेनालाई उनको घरबाट पक्राउ गरेको हो ।

उच्च अदालत दिपायलले २४ पुस २०८० मा उनीबिरुद्ध १० वर्ष कैद र १ लाख जरिवाना हुने फैसला गरेको थियो । फैसला पछि उनी फरार थिए ।