समाचार

काठमाडौँबाट ७ जना जुवाडे पक्राउ



काठमाडौँ, १३ वैशाख । काठमाडौँबाट ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।     

प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले सामाखुसी बस्ने मुस्ताङ घरपझोङ गाउँपालिका-२ घर भएका ६७ वर्षीय सानु पन्ना चनले संचालन गरेको खाजा घरमा जुवा (पारा) खेलिरहेको अवस्थामा चनसहित ७ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई जुवातास खेल्न प्रयोग गरेको नगद ८८ हजार रूपैयाँ , सिक्का ४६ थान, सेपर १ थान, लुडो ४ थान र सिमीको दाना सहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।