Banner News

प्रधानमन्त्रीले भने –हाम्रो अल्टिमेट गोल सुखी नेपाली र समृद्ध नेपाल नै हो



काठमाण्डौ,१३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको लक्ष्य ,सुखी नेपाली र समृद्ध नेपाल नै भएको बताएका छन ।
काठमाडौंमा राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारको अल्टिमेट गोल भनेको सुखी नेपाली र समृद्ध नेपालु नै रहेकाले कोही पनि यसमा द्विविधामा रहन नहुने बताएका हुन् । उनले सुखी नेपाली र समृद्ध नेपालु मा पुग्न सुशासन र सामाजिक न्याय अनिवार्य सर्त रहेको बताए ।

‘हाम्रो अल्टिमेट गोल भनेको सुखी नेपाली र समृद्ध नेपाल नै हो । त्यसमा विमति हुनुपर्ने कारण छैन । तर, सुखी नेपाली र समृद्ध नेपालमा पुग्न सुशासन र सामाजिक न्याय अनिवार्य सर्त हो, त्यो प्रक्रियाबाट पुगिन्छ, यहाँ हामी यो कुरामा द्विविधामा रहनु हुँदैनउनले भने ।

प्रधानमन्त्री प्रचण्डले अहिले देशको आवश्यकता उत्पादन वृद्धि र रोजगारी सिर्जनामा सबै प्रयास केन्द्रित गर्दै सुशासनमार्फत सामाजिक न्याय र समृद्धि हासिल गर्नु रहेको बताए । उनले सामाजिक न्यायसहितको समृद्धिमा समाजवादी विशेषता अन्तरनिहित रहेको बताए ।

उनले कृषिलाई उच्च प्राथमिकतामा नराखिकन र कृषि उत्पादन वृद्धि र कृषि रोजगारी श्रृष्टि गर्ने, कृषिमा आधारित उद्योगहरू स्थापना गर्ने कुरालाई उच्च प्राथमिकता नदिइकन उत्पादन र उत्पादकत्व वृद्धिको मात्रै कुरा गरेर कुनै पनि परिणाम ननिस्किने बताए ।
प्रधानमन्त्री प्रचण्डले नेपाल लगानीको सम्भावना भएको देश मात्रै नभई भरपर्दो गन्तव्य भएको बताए । उनले कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधिमा रोजगारी सिर्जनाको प्रचुर सम्भावना रहेको बताए ।