समाचार

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



काठमाडौँ, १५ वैशाख । महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मृत्यु भएको छ ।

प्रहरीका अनुसार महोत्तरीको बर्दिबास नगरपालिका-५ टुटेश्वर जंगलस्थित सडकमा प्रदेश २-०३-००७ प ३३६९ नम्बरको मोटरसाइकल शनिबार बिहान दुर्घटना हुँदा चालक सर्लाही बागमती नगरपालिका-४ बस्ने २२ वर्षीया स्मृति कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको शुभ स्वस्थिक अस्पताल बर्दिबास हुँदै काब्या अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको शुभ स्वस्थिक अस्पताल बर्दिबासमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।