काठमाडौँ, २४ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनको परिणामले मिसन ०८४ को सफलताको सुरुआत भएको बताएका छन् ।
आज वरिष्ठ राजनीतिज्ञ सिसिद्धनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै उनले मिसन ०८४ लाई सफल पारेर छाड्ने बताए । उनले भने, “दुई वटा उपनिवार्चन एमालेले जित्यो । मिसन ०८४ तर्फको सफलताको सुरुआत हो,” “मिसन ०८४ सफल पारेर छाड्छौँ ।”
उनले पार्टीले सही बाटो समातेको दाबी गरे । पार्टी नेतृत्वले गल्ती गरे सच्याएर अघि बढ्ने समेत बताए । उनले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्न भूमिका खेल्न आग्रह गरे । वामपन्थीहरूलाई पार्टीमा आउन आह्वान समेत गरे । “सबै आफूलाई वामपन्थी भन्ने, कम्युनिस्ट भन्ने सबै शक्ति र व्यक्तिलाई पनि एमालेको सही धार छ,” ओलीले भने, “यस धारमा समाहित हुन आग्रह गर्छु । सबै आउनुस् । एकजुट हुनुस् ।”
प्रतिक्रिया दिनुहोस्