समाचार

आगलागीबाट घाइते दुई बालिकाको मृत्यु



काठमाडौँ, २५ वैशाख । ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा आइतवार एक टहरोमा भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।

पाँच जना घाइतेमध्ये आठ वर्षीया प्रिया गिरी र तीन वर्षीया एलिसा गिरीको हिजो बेलुका उपचारका क्रममा किष्ट अस्पतालमा मृत्यु भएको  जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

अन्य दुईजनाको गम्भीर अवस्थामा उपचार भैरहेको र अर्का एकजनाको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ । प्रवक्ता सुवेदीका अनुसार ३५ वर्षीय सञ्जय गिरीको भेन्टिलेटरमा र उहाँकी श्रीमती ३२ वर्षीया रुपा गिरीको आइसियुमा उपचार भैरहेको छ । अर्का घाइते नित गिरीलाई वार्डमा सारिएको छ ।