काठमाडौँ, ६ जेठ । अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार आज बिहान बुटवल–१३ झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट बुटवल-११ देवीनगरकी ५६ बर्सिया कमला नेपालीको मृत्यु भएको छ भने २ महिला घाइते भएका छन् ।
अर्घाखाँचीदेखि बिरामी लिएर आएको लु १ झ ५३१ नम्बरको एम्बुसलेको ठक्कर दिएको थियो । उक्त एम्बुलेन्स ठक्करबाट पैदल हिँडेका सोही ठाउँका ५५ बर्सिया कमला नेपाली र ३५ बर्सिया झुपा ठटराई घाइते भएका छन् । एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।










प्रतिक्रिया दिनुहोस्