अर्थ

सडक बत्तीको बक्यौता महसुल बुझाउन प्राधिकरणले दियो  किस्ताबन्दीको सुविधा



काठमाडौँ, १६ असार । नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन स्थानीय तहहरूलाई किस्ताबन्दीको सुविधा दिने भएको छ । 

प्राधिकरणले सडक बत्ती जडान गरी विद्युत् उपभोग गरेका स्थानीय तहहरूले तिर्नुपर्ने थप दस्तुर सहितको बक्यौता विद्युत् महसुल बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने व्यवस्था गरेको हो ।