काठमाण्डौ,१७ असार । नेकपा एकीकृत( समाजवादी )को जारी महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिने जानकारी प्राप्त भएको छ ।
पोलिटब्युरो सदस्य दिलु पन्तले बन्दसत्रमा प्रतिनिधिबीचमा दस्तावेजमाथि छलफल गरिने जानकारी दिइन् । महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी छन् । पारित हुने सिद्धान्त, नीति तथा वैचारिक दृष्टिकोणका आधारमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्नेछ ।
एकीकृत समाजवादीको नेतृत्व चयनका लागि हुने मतदान विद्युतीय मेसिनबाट हुने भएको छ ।
बन्दसत्र सञ्चालनका लागि नेकपा एसले सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गरिएको छ । त्यस्तै उपमहासचिव जगन्नाथ खतिवडाको संयोजकत्वमा १५ सदस्यीय बहस नोट कमिटी पनि गठन गरिएको छ ।उता, माइन्युट लेखनको जिम्मा भने गंगालाल तुलाधर र विजय पौडेलले पाएका छन् ।










प्रतिक्रिया दिनुहोस्