काठमाडौँ, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।
आज प्रधानमन्त्री पुष्पकमल प्रचण्डले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । प्रधानमन्त्रीले राष्ट्रपति समक्ष विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेको राष्ट्रपति प्रेस विज्ञ किरण पोखरेलले जानकारी दिए ।
नेपाली काँग्रेस र एमालेबिच सत्ता साझेदारी गर्ने सहमति भएको परिवेशमा शीतल निवास पुगेर प्रचण्डले राष्ट्रपतिसँग भेट गरेका हुन् ।
दुई दलको निर्णयपछि प्रचण्डले तत्काल राजीनामा नदिने र संसदमा विश्वासको मतको प्रक्रियामा जाने अडान लिएका छन् ।










प्रतिक्रिया दिनुहोस्