राजनीति

कांग्रेसद्वारा एमालेसँग भएको समझदारी अनुमोदन



काठमाडौँ, १९ असार । नेपाली कांग्रेसले नेकपा एमालेसँग आगामी सत्ता सहकार्यबारे भएको समझदारीलाई अनुमोदन गरेको छ ।

आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँग भएको समझदारीलाई अनुमोदन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए । 

देशलाई सुशासन, स्थायित्व र आर्थिक समृद्धितर्फ लैजाने उद्देश्यका साथ पार्टीले एमालेसँग सहकार्य गरेको उल्लेख गर्दै उनले  यो मुद्दामा सहमत  अन्य  दललाई पनि गठबन्धनमा जोड्ने समझदारी बनेको जानकारी दिए ।