समाचार

काठमाडौँमा गरगहना तथा नगद चोरी



काठमाडौँ, १९ असार । काठमाडौँको टोखा नगरपालिकामा गरगहना तथा नगद चोरी भएको छ ।

प्रहरीका अनुसार गतराति टोखा नगरपालिका-९ गोङ्गबु म्याग्दी चोक डेरा बस्ने तनहुँ ब्यास नगरपालिका-१४ घर भएका २७ वर्षीय सुजल विकको कोठामा चोरी भएको हो । 

सुन र चाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ६ लाख ७२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।