राजनीति

रास्वपा संसदीय दलको बैठक स्थगित



काठमाडौँ, २३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारका लागि तय भएको संसदीय दलको बैठक स्थगित भएको छ ।

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भनिएको बैठक विशेष कारणले स्थगित भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको हो ।