समाचार

कञ्चनपुरमा भएको वर्षा ७७ वर्षयताकै नेपालको दोस्रो ठूलो 



काठमाडौँ, २४ असार । यो वर्ष नेपालमा ७७ वर्षयताकै दोस्रो ठूलो वर्षा भएको छ । कञ्चनपुर जिल्लाका विभिन्न स्थानमा शनिबार राति (जुलाई ७) १२ बजेदेखि आइतबार राति १२ बजेसम्म अति भारी वर्षा हुँदा ७७ वर्ष यताकै दोस्रो धेरै/ठूलो वर्षा भएको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरका हन्मान नगर, दोधारा, सुन्दरपूर वर्षामापन केन्द्रमा ४५० मिलिमिटरदेखि ५०८ मिलिमिटरसम्म वर्षा मापन भएको छ । वर्षाको यो रेकर्ड हालसम्मकै दोस्रो ठूलो हो । 

यसअघि दोस्रो धेरै वर्षाको रेकर्ड कैलालीको चिसापानीमा रेकर्ड भएको थियो । चिसापानीमा सन् २०१४ अगस्ट १५ मा ४९९.८ मिलिमिटर वर्षा भएको विभागका मौसमविद् सुदर्शन हुमागाईं बताउँछन् । 

कञ्चनपुरमा भएको वर्षाले चिसापानीको यो रेकर्डलाई उछिनेको हो ।