काठमाडौँ, २७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको बैठक बस्दै छ ।
पार्टीको संसदीय दलको कार्यालयमा आज बस्ने बैठकले सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्ने छ । सांसदहरूको सुझावका आधारमा पक्ष वा विपक्षमा निर्णय लिने राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए । साथै बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पछि छलफल हुनेछ ।
सरकारमा रहेका नेकपा एमालेलगायतका केही दलहरू सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते विश्वासको मत लिँदै छन् ।










प्रतिक्रिया दिनुहोस्