अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ३० असार । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रह्दै प्रतितोला एक लाख ४६ हजार ७ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४६ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने २५ रुपैयाँले घटेर प्रतितोला १८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।