Banner News

एमालेबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली (सूचीसहित)



काठमाडौँ, ३१ असार । नेकपा एमालेले सरकारमा सहभागी हुन लागेका मन्त्रीहरुको नामावली करिब टुंगो लगाएको छ ।

नेकपा एमालेले अर्थ मन्त्रालयमा विष्णु पौडेललाई लैजाने भएको छ भने रक्षा मन्त्रीमा मानवीर राई, शिक्षा मन्त्रलायमा विद्या भट्टराई, उद्योगमा दामोदर भण्डारी, संघीय मामिलामा राजकुमार गुप्ता, भूमि व्यवस्थामा बलराम अधिकारी र भौतिक पूर्वाधार तथा यातायातमा देवेन्द्र दाहाललाई लैजान लागेको एमाले स्रोतले जानकारी दियो ।

सञ्चार मन्त्रालयमा भने पृथ्वी सुब्बा गुरुङ कि योगेश भट्टराई भन्ने टुंगो नलागेको स्रोतले जानकारी दिएको छ ।