Banner News

प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण



काठमाडौँ, ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

आज शीलतनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् । ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको आह्वान गरेका थिए । सोहीअनुसार नेकपा एमाले र नेपाली कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।