Banner News

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण



काठमाडौँ, ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।

आज पद तथा गोपनीयताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन् ।

उनले त्यसअघि लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदहरूको सालिकमा माल्यार्पण गरेका थिए । उनी नेकपा (एमाले)को केन्द्रीय कार्यालय च्यासल पनि पुगेका थिए ।