काठमाडौँ, १ साउन । आज बजारमा सुन मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४७ हजार ८ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार १ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला १८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्