वासिंटन, ३ साउन । अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई कोभिड–१९को संक्रमण भएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पायरले राष्ट्रपतिलाई भ्याक्सिन लगाइएको बताएका छन् । उनलाई यसअघि पनि दुई पटक संक्रमण देखिएको थियो ।
८१ वर्षिय बाइडेन बुधबार बिहान लस भेगासमा आयोजित चुनावी कार्यक्रममा सहभागी भएका थिए । राति भने उनले आफ्नो क्याम्पेन मन्तव्य रद्ध गरेका थिए ।
प्रेस सेक्रेटरीका अनुसार राष्ट्रपति उनको डेलावरस्थित आफ्नो घरमा आइसोलेसनमा बस्ने छन् । उनका चिकित्सक केभिन ओ कोन्नरका अनुसार राष्ट्रपतिलाई अपर रेस्पिरटरी सिम्टम जसमा नाक रसिलो र खोकीको अवस्था देखिएकाले प्याक्सलोभिड औषधिको पहिलो डोज दिइएको छ ।
गएको जुन अन्तिममा राष्ट्रपति पदका अर्का उमेदवार डोनाल्ड ट्रम्पसँगको डिबेटमा उनको प्रस्तुति कमजोर भएको भनेर आफ्नै पार्टी डेमोक्रयाटका धेरै नेता कार्यकताबाट उनलाई उमेदवारी छोड्न दबाब परिरहेका बेलामा राष्ट्रपति बिरामी परेका हुन् । बीबीसी
प्रतिक्रिया दिनुहोस्