काठमाडौँ, ३ साउन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको आत्मबल बढाउनु अहिलेको मुख्य चुनौती रहेकोबार सरकार जानकार रहेको उल्लेख गर्दै विश्वास जागृत गर्न नसकेसम्म देश अघि बढ्न नसक्ने बताएका छन् ।
बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको कुराकानीमा मन्त्री पौडेलले अहिलेको आफ्नो चुनौती भनेको नै निराशालाई चिर्ने र आशा जगाउने रहेको उल्लेख गरे । उनले भने, ‘अहिलेको मुख्य समस्या भनेकै जबसम्म हामीले विश्वास जागृत गर्दैनौँ, त्यो आत्मविश्वास दिँदैनौँ, देश कतै पनि अघि बढ्नै सक्दैन । मैले निराशा चिर्ने र आशा जगाउने कुरामा जोड दिएर काम थालेको छु । के गर्दा हुन्छ, तेल हाल्दा हुन्छ की, घ्यु हाल्दा, दियो बाल्दा, मैनबत्ती बाल्दा हुन्छ की, टर्च लाइट बाल्दा हुन्छ निराशा चिरेर आशा जगाउनुपर्नेछ ।’
अर्थमन्त्री पौडेलसँगको भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अहिलेको अर्थतन्त्र तत्काल चलायमान बनाउन वर्किङ क्यापिटल गाइडलाइन र असेट क्लासिफिकेशन गाइडलाइन तत्काल खारेज गर्नुपर्ने माग गरे ।
प्रतिक्रिया दिनुहोस्