राजनीति

सभापति लामिछानेले स्वीकारे गल्ती



काठमाडौँ,  ३ साउन । मौद्रिक नीति सार्वजनिक हुने अघिल्लो दिन मात्र छलफल चलाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गल्ती स्वीकारेका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । तर, रास्वपाले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सन्दर्भमा बिहीबार दिउँसो मात्र छलफल तथा अन्तरक्रिया कार्यक्रम राखेकोमा ढिला भएको भन्दै सभापति लामिछानेले गल्ती स्वीकार्यका हुन् । 

सभापति लामिछानेले भने, ‘हुन त सरकारले भोलि नै मौद्रिक नीतिको तयारी गरेको जानकारी छ, यस सन्दर्भले हाम्रो छलफल केही ढिला हुन गयो । यसका पछाडि राजनीतिक गतिविधि र घटनाहरूले काम गर्‍यो । यस्तो छलफल कार्यक्रम हामीले अलि अघि नै गर्ने तयारी गरेका थियौँ । यद्यपि, ढिलै भएपनि राम्रो छलफल भएको छ । तर यस्तो सार्वजनिक मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै बन्द कोठामा नभएर खुल्ला मञ्जमा छलफल तथा अन्तरक्रिया गर्ने कार्यको गत वर्षदेखि नै सुरुवात गरिसकेको छ ।’