समाचार

बालबालिकाकाे मोबाइल हेर्ने बानी हटाउन सङ्गीत कक्षा



काठमाडौँ, १० साउन । पाल्पा रामपुरको एउटा विद्यालयले भने नयाँ अभ्यास शुरु गरेको छ । बालबालिकालाई मोबाइलमा व्यस्त रहने बानी हटाउन विद्यालयले साङ्गीतिक कक्षाको सुरुवात गरेको छ ।

रामपुर नगरपालिका–५ रामपुर आधारभूत विद्यालय अहिले सङ्गीतमय हुन थालेको छ । विद्यालयले सुरुवात गरेको सङ्गीत कक्षाले विद्यार्थी, अभिभावक मात्र नभइ समुदायका अन्य विद्यालय, सरोकारवालाको ध्यानसमेत तानिरहेको छ । बिहानको समयमा सङ्गीत कक्षा चलिरहेको छ । विद्यालय समयमा पढाइ प्रभावित नहोस् भनेर बिहान सङ्गीत कक्षा सञ्चालन गरिएको विद्यालयले जनाएको छ । 

विद्यार्थीलाई घरमा मोबाइल हेर्ने बानी हटाउन, बिदाको दिनमा विद्यार्थीले केही नयाँ कुरा सिकुन भनेर शैक्षिक सत्रको वर्षे बिदा शुरु भएपछि बिहानमा वाद्यवादन सिकाउन थालिएको प्रधानाध्यापक विजय शर्मा बताउनुहुन्छ ।