समाचार

एटीएम मेसिन तोडफोड गर्ने पक्राउ



काठमाडौँ, १३ साउन । एटीएम मेसिन तोडफोड गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका–१ घर भई काठमाडौँ कलंकी बस्दै आएका १८ वर्षीय राधेश्याम बैठा छन् ।

उनलाई प्रहरी वृत्त बालाजुको टोलीले आइतबार दिउँसो पक्राउ परेको हो । आइतबार पौने ३ बजेतिर बालाजु चोकमा रहेको माछापुच्छ्रे बैंकको एटीएम मेसिन फोड्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।