राजनीति

मृत्युमा पनि विभेद हुँदो रहेछ : सांसद नेपाली



काठमाडौँ, १४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले नेपालमा हवाइ र सडक दुर्घटनामा मृत्यु हुने नागरिकबीच विभेद भएको बताएका छन् ।

आजको प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले सडक र हवाइ यात्रा दुबै असुरक्षित रहेको टिप्पणी गरे । उनले भने, ‘उड्नेबाट यात्रा गरे लास नै नचिनिने र गुड्नेबाट यात्रा गरे लास नै नभेटिने । कति असुरक्षित छ यात्रा हाम्रो देशमा’, ।

गत बुधबार त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । त्यसअघि चितवनको सिमतालमा पहिरोसँगै दुई वटा बस त्रिशुलीमा खस्दा ६५ जना बेपत्ता भएका थिए ।