काठमाडौँ, १५ साउन । झापामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।
भद्रपुर नगरपालिका-५ बस्ने २४ वर्षीय जीवन साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । साहले ती किशोरीलाई गत असार २८ गते दिउँसो भद्रपुर नगरपालिका-७ स्थित मौसम होटल एन्ड लजमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्