काठमाडौ १५ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तीन प्रतिशत भोट पाउँदा राष्ट्रिय पार्टी हुने । तर १० प्रतिशत भोट ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने निर्वाचन कानुन नमिल्दो भएको बताएका छन् ।
लोकतन्त्र बलियो बनाउने हो भने यस्ता नमिल्दा कानुन संशोधन हुनुपर्ने उनको भनाइ छ ।
गृह जिल्ला दाङमा आज बिहान आयोजित पत्रकार भेटघाटमा महासचिव पोखरेलले भने, ‘डेढ प्रतिशत भोट ल्यायो भने प्रादेशिक पार्टी हुन्छ, तीन प्रतिशत भोट ल्यायो भने राष्ट्रिय पार्टी भइहाल्छ । तर हाम्रै निर्वाचन कानुनले के भन्छ भने व्यक्तिका हकमा १० प्रतिशत भोट ल्याएन भने जमानत जफत हुन्छ ।
यस्ता नमिल्दा विषय मिलाउन र लोकतन्त्र बलियो बनाउन कांग्रेस–एमालेबीच गठबन्धन भएको महासचिव पोखरेलले बताए ।










प्रतिक्रिया दिनुहोस्