समाचार

डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु



काठमाडौँ, २२ साउन । डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा (इडीसीडी)का अनुसार यस वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएकाेमा एक जनाको मृत्यु भएको हो । 

७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको इडीसीडीले जनाइएको छ । सबै भन्दा बढी सङ्क्रमित सङ्ख्या २ सय ८७ जना काठमाडौँ जिल्लाका छन् । 

देशभर २ हजार ३ सय ६५ जनामा डेंगु देखिएको इडीसीडीले जनाएको छ । काठमाडौँ उपत्यकाका तीन सय ६० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँका २८७ जनामा, भक्तपुर ४२  जनामा र ललितपुरका ३१ जनामा डेंगु पुष्टि भएको हो । यस्तै कास्कीमा १३७ जनामा डेंगु सङ्क्रमण देखिएको छ । देशभर २ हजार ३ सय ६५ जना सङ्क्रमितमध्ये तीन सय ६० जना काठमाडौँ उपत्यकामा फेला परेका हुन् । डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन् ।