राजनीति

कांग्रेसले मन्त्री र स्थानीय जनप्रतिनिधिका लागि कार्यसम्पादन निर्देशिका बनाउने



काठमाडौँ, २२ साउन । नेपाली कांग्रेसले मन्त्री र जनप्रतिनिधिहरूको कार्यसम्पादन सम्बन्धी निर्देशका बनाउने भएको छ ।

कांग्रेसका मन्त्री र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पार्टीसँग समन्वय नगरेको गुनासो बढेपछि निर्देशिका ल्याउन लागिएको हो ।

स्रोतका अनुसार प्रदेश, संघमा मन्त्री बनेका र स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरूको पार्टीसँग समन्वय गर्नका लागि निर्देशिका बनाउन लागिएको हो । मन्त्री र स्थानीय तहका जनप्रतिनिधिले सुधारको कार्य गरे आफ्नो कारणले भएको भन्दै जस लिने प्रवृत्ति रहेको कांग्रेस नेताहरू बताउँछन् । तर, गलत कार्य गरे अपजसको भागिदार पार्टी हुनुपर्ने भएकाले त्यस्तो अवस्थाका अन्त्य गर्नका लागि निर्देशिका ल्याउन लागिएको शीर्ष तहका नेताले बताए ।