समाचार

काठमाडौँमा लाखौँको चोरी



काठमाडौँ, २२ साउन । काठमाडौँ महानगरपालिका-१ ज्ञानेश्वरमा सोमबार दिउँसो चोरी भएको छ ।

भैरव मार्ग डेरा गरी बस्ने गुल्मी रेसुङ्गा नगरपालिका-१० घर भएका ४२ वर्षीय राजु नेपालीको कोठामा चोरी भएको हो । 

प्रहरीका अनुसार ढोकाको ताला फोडेर नेपालीको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ११ लाख ३६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।