काठमाडौँ, २४ साउन । प्युठानमा ७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मल्लरानी गाउँपालिका-२ नाकेटाकुरा बस्ने १९ वर्षीय केशव घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको छ ।
केशवले ती बालिकालाई आफ्नै गोठमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्