काठमाडौँ, २६ साउन । चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुको आक्रमणबाट गत आर्थिक वर्ष १२ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा चितवन, मकवानपुर र नवलपरासीमा भएका वन्यजन्तुको आक्रमणका घटनामा १२ जनाको मृत्यु भएको हो ।
चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार सो अवधिमा बाघको आक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने गैंडाको आक्रमणबाट ५, हात्तीको आक्रमणबाट १ र गोहीको आक्रमणबाट २ जनाको मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुको आक्रमणबाट गत आर्थिक वर्ष ४७ जना घाइते भएका छन् । तथ्याङ्क अनुसार हात्ती र गैंडाले मानिसमा बढी आक्रमण गरेका छन् ।
निकुञ्जको तथ्याङ्क अनुसार हात्ती र गैंडापछि बाघ, गोही, भालुको आक्रमणबाट मानिस बढी घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्