राजनीति

व्यवस्थापन तथा स्रोतसम्बन्धी अमेरिकी उप-विदेशमन्त्री वर्मा नेपालमा



काठमाडौँ, ३२ साउन । व्यवस्थापन तथा स्रोतसम्बन्धी अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्मा शुक्रबार नेपाल आएका छन् । 

नेपाल भ्रमणका क्रममा उप–विदेशमन्त्री वर्माले विभिन्न दलका नेता तथा सरकारी उच्च अधिकारीहरूसँग भेट गर्नेछन् ।

यूएसएआईडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्ने काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।
 
नेपालको आर्थिक विकास, महिला सशक्तिकरण, उर्जा र जनताबीचको सम्बन्धलगायत साझा प्राथमिकताका विषयमा छलफल गर्न उनी नेपाल आएका हुन् ।