काठमाडौँ, १ भदौ । गएराति सिन्धुपाल्चोक र आसपासका ठाउँमा ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको नवलपुरमा ८८ दशमलव ६ मिलिमिटर पानी परेको छ ।
सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, धाप, बासँखर्क, गोब्रे र नवलपुर आसपासमा ठूलो पानी परेकाले त्यस क्षेत्र भई बहने मेलम्ची, ईन्द्रावती नदी र यसका सहायक खोलाहरूमा आकस्मिक बाढीको र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
राति देशका अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज पनि केही ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्