Banner News

देशको अर्थतन्त्रमा सुधार ल्याउन सरकार लागिपरेको छ : उपप्रधानमन्त्री सिंह



काठमाडौँ, १ भदौ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले अर्थतन्त्रमा रहेको मन्दीलाई चिर्न कार्यक्रमहरू बनाइरहेको बताएका छन् । 

आज काठमाडौँमा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले  वर्तमान सरकारले मन्त्री अर्थतन्त्रलाई सबल बनाउन कार्यक्रमहरू बनाइरहेको बताए ।

उनले आम नेपालीको अपेक्षालाई मूर्त रूप दिन वर्तमान सरकार बनेको जिकिर गरे । उनले देशको अर्थतन्त्रमा सुधार ल्याउन, सामाजिक रूपमा हुनुपर्ने काममा रहेका बाधा अड्चन हटाउन र देशमा सुशासन कायम गर्न सरकार लागिपरेको बताए ।

आफूहरू पदमा गएर झन्डा फरफराएर, आनन्द लिनका लागि राजनीतिमा नलागेको भन्दै उनले देशको अवस्थालाई राम्रोसँग बुझेर भएका अप्ठ्यारा पन्छाएर जनतालाई राहत दिन अघि बढिरहेको बताए ।