काठमाडौँ, ५ भदौ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले सदाचार नीति कानुन हुन नसक्ने बताएका छन् ।
आज राष्ट्रियसभा अन्तर्गतका विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति’ बारेको छलफलमा बोल्दै नेता गौतमले सदाचार नीति नियम, ऐन र संविधान बन्न नसक्ने बताएका हुन् ।
उनले भने, ‘सदाचार नीति व्यक्तिगत आचरण मात्र हो’, । उनले ऋण तथा बचत सहकारी खोलेपछि बैङ्कको कामबारे प्रश्न समेत उठेको बताए । ‘ऋण तथा बचत सहकारी खोल्न पाइँदैन । सहकारी उत्पादनसँग जोड्नुपर्छ र आफ्ना सदस्यबिच त्यसको धन बाँड्नुपर्छ’, गौतमले आफ्नो धारण राखे ।
प्रतिक्रिया दिनुहोस्