राजनीति

संसदमा उठ्यो प्रश्न– ‘त्रिविमा असुरक्षा हुन्छ भने कहाँ सुरक्षा हुन्छ ?’



काठमाडौँ, ६ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को सुरक्षा थ्रेटको विषय के हो भन्दै प्रश्न गरेका छन् । 

आज प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले ‘त्रिभुवन विश्वविद्यालयका उपकुलपति र रेक्टर सुरक्षा कारण देखाउँदै अनुपस्थित भएको विषयको सत्यता के हो भन्दै विषय उठान गरेका हुन् । 

उनले भने, ‘त्रिविमा असुरक्षा हुन्छ भने कहाँ सुरक्षा हुन्छ ? सरकार छ भने टीयूमा सुरक्षा देओस् । राजनीतिक समस्या भए वार्ताको माध्यमबाट र गुण्डागर्दी भए प्रशासन लगाएर समस्या हल गर्नुपर्छ‚’ ।