राजनीति

दुईतिहाइको सरकारमाथि ठूलो घण्टी बजिसकेको छ : सभापति लामिछाने



काठमाडौँ, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक दलहरू सच्चिनुको विकल्प नरहेको बताएका छन् । 

आज संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले राजनीतिक दल र नेताहरूप्रति जनताको आक्रोश देखिन थालेको भन्दै सच्चिनुको विकल्प नरहेको उल्लेख गरे । 

उनले भने, “आमनागरिकहरूले राजनीतिक दलहरूलाई चासोका साथ हेर्न थालेका छन्, हस्तक्षेप सुरु गरिसकेको आभाष सोमबारको टुँडिखेल घटनाबाट देखिएको छ,” । 

लामिछानेले दुईतिहाइको सरकारमाथि ठूलो घण्टी बजिसकेको र अब नतिजामूखी काम गर्न सक्नुपर्ने धारणा राखे । रास्वपाले सदनबाट जनचासोका विषयलाई थप प्रभावकारी ढंगले उठाउने उल्लेख गरे ।